सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताराहरु

२०७७ माघ ३, ०४:४८

राति माथि आकाशमा
सेता साना दाना
कस्तो अचम्म, कसरी बने ती
कसले बनायो ती ।

यो संसारमा पनि के के छ छ
राति अध्यारो कालो आकाशमा सेता दाना
मानौ पकृतिका हीरा र मोति हुन् ती
मानौ पकृतिका ज्योति हुन् ती ।

या तिनले हामीलाई केहि भन्न खोजीरहेका छन्
अध्यारोमा उज्यालोको प्रतिनिधित्व गरिराखेका छन्
आफ्नो उपस्तिथी जनाइरखेका छन ।

म जहाँ गए त्यही किन दौडिरहेका छन् ती
मेरो पछि किन लागेका छन् ती
या मलाई आफूलाई हेर भनिरहेका छन् ती
या मबाट केही सिक भनिरहेका छन् ती ।

उ उ, मैले त एउटा कुरा देखे
ताराहरूको बीचमा रहेको एउटा चित्र देखे
त्यो त मेरो अस्ति हराएको पेन्सिल हो क्यारे
कहाँ गयो होला भनि सोच्दै थिए म
मैले त त्यसलाई ताराहरूको बीचमा देखे ।

कसरी मिलेर बसेका छन् आकाशका यी तारा
यिनीहरुले सिकाउँछन् हामीलाई भाइचारा
हामीहरूले यिनीहरूबाट केही कुरा सिक्नुपर्छ
नत्र रातिराति आएर तिलमिल गर्नुको के अर्थ रहन्छ र ।

अँध्यारोलाई चिर्न सानो किरण चाहिन्छ भनेझै
अन्धकारमा उज्यालोको उपस्थिति हुन् यी तारा
हामीलाई सत्यको मार्गमा हिँड्न भन्ने
हाम्रो पिछा गरीगरी
हामीलाई सत्यको मार्ग देखाउन खोज्ने
मार्गदर्शक हुन् यी सारा ।

-पावन प्रशाद भट्ट

कमेन्ट लोड गर्नुस