सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौमालाका समाजसेवी चन्दको सम्झनामा सरस्वतीको मन्दिर निर्माण

२०७७ माघ १, ०६:२३ खबर संवाददाता

धनगढी : कैलालीको चौमालामा माध्यमिक शिक्षाको बिरुवा रोप्ने समाजसेवी स्वर्गीय दीपबहादुर चन्दको सम्झनामा सरस्वतीको मन्दिर निर्माण भएको छ। 

उनका छोरा बुहारी चक्रबहादुर चन्द र सुशीला चन्दको लगानीमा चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा निर्माण भएको सरस्वतीको मन्दिरको आज एक समारोहका बिच उद्घाटन भएको छ।

मन्दिरको निर्माणकर्ता चक्रबहादुर चन्द र एलआरआई स्कुल काठमाण्डौंका संस्थापक शिवराज पन्तले संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

गौरीगंगा नगरपालिका–१ घर भई हाल न्यूजील्यान्डमा बस्दै आएका चन्दले आफ्ना स्वर्गीय बुवा दीपबहादुर चन्द, आमा स्वर्गीय पद्मा देवी चन्द, भाइ स्वर्गीय तेज विक्रम चन्दको स्मृतिमा १० लाखको लगानीमा मन्दिर निर्माण गरेको बताए।

 चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशीले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माणका लागि चन्दका परिवारप्रति आभार प्रकट गरेका छन्।  
 

कमेन्ट लोड गर्नुस