कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक पन्तद्धारा गौशालामा अक्षय कोष स्थापना
धनगढीः कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक ओमप्रसाद पन्तले धनगढी उप–महानगरपालिका–३ चटकपुरमा रहेको गौशालामा अक्षय कोष स्थापना गरेका छन।
पन्तले स्वर्गीय बाजे परमानन्दको सम्झनामा माघी पर्वको अवसर पारेर ५१ हजार २ सय ३४ रुपैँयाको ‘पण्डित परमानन्द पन्त अक्षय कोष’ स्थापना गरेका हुन।
गौँ संरक्षण सेवा केन्द्र चटकपुरका सचिव सिताराम अवस्थीले पन्तले माघे संक्रान्ति तथा माघे पर्वको अवसरमा अक्षय कोष स्थापना गरेको बताए।
डोटी पुख्यौली घर भएका पन्त कैलाली बहुमुखी क्याम्पसका गणित विषयका सह–प्राध्यापक हुन्। छाडा पुश चौपायाको व्यवस्थापनका लागि जनस्तरबाट अभियान सञ्चालन गरेर गौ संरक्षण सेवा केन्द्रले गौशाला सञ्चालन गरिरहेको छ।
विभिन्न व्यक्तिहरुबाट प्राप्त हुने सहयोगबाट नै छाडा पशु चौपायाको व्यवस्थापन गरिदै आएको गौ संरक्षण समितिले बताउँदै आएको छ।