सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मृत भेटिएका पुरुष प्रहरी भएको खुल्यो

२०७७ माघ १, १०:०४ खबर संवाददाता

धनगढीः धनगढीमा बिहीबार बिहान मृत अवस्थामा भेटिएका पुरुष प्रहरी भएको खुलेको छ।

धनगढी उप–महानगरपालिकाको मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको हो। 

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मृत भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको खुलेको दिनेशखबरलाई बताए।

उनका अनुसार चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएपनि घटनाको अन्य कोणबाट समेत अनुसन्धान गरिने बताए।

चौधरी गौरीगंगा नगरपालिका–१० का स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस