धनगढीका व्यवसायी पन्तद्धारा जन्म दिनमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ माघ १, ०९:०५
धनगढीः धनगढीका व्यवसायी नन्दलाल पन्तले जन्म दिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन।
पन्तले जन्म दिनको अवसरमा बुधबार साझको भोजन सेवाका लागि ५ हजार १ सय ५ रुपैयाँ प्रदान गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए।
बोराडाँडीको मोनिका सप्लायर्सका सञ्चालक पन्तले श्रीमती मन्जुसँगै आश्रममा पुगेर जन्मोत्सव मनाएका हुन।
पन्तले आश्रममा आश्रीत सडक मानवलाई भोजन समेत खुवाएका छन।
कमेन्ट लोड गर्नुस