सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिमाग खुस्केकाहरु प्रचण्ड–नेपाल समूहमा लागे : मन्त्री भट्ट

२०७७ पुष २९, ०६:४१ खबर संवाददाता

डडेल्धुरा : नेकपा ओली समूहका स्थायी समिति सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताहरूको दिमाग खुस्केको आरोप लगाएका छन्। 

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई बैठकबाट भाग्यो भन्ने गरेपनि उनी कहिलै नभागेको बताएका छन्। 

‘प्रधानमन्त्री कुनै व्यक्ति र पद होइन संस्था हो। तर, एकजा वरिष्ठ नेताले प्रधानमन्त्रीलाई तपाईको दिमाग खुस्क्यो भन्नुभो।’ 

उनले दिमाग खुस्केकालाई पहिले राँचि लग्ने गरेको भएपनि अहिले पाटन अस्पतालको उत्तरपट्टि एउटा अस्पताल रहेकोले त्यहि लग्नु पर्ने बताए।  ‘प्रचण्ड–माधव पक्षमा केन्द्रदेखि वडासम्म दिमाग खुस्केका छन्। त्यहाँ ठाउँ हुन्छकी हुँदैन। अब ठाउँ नभएपछि अर्को ठाउँमा व्यवस्थापन गर्नको लागि तपाई हामीले सोच्नुपर्छ,’ उनले भने।

यस्तै मन्त्री भट्टले पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको सत्ता मोहका कारण देशमा अस्थिरता उत्पन्न आरोप लगाएका छन्।  प्रचण्ड–माधव समूहले पद, पैसा र परिवारवादको चिन्तनले देशलाई छिन्नभिन्न बनाएको बताए।

उनले १६ वर्ष एमालेको नेतृत्व गरी पार्टीलाई भताभंग बनाएर नैतिकताका आधारमा राजिनामा दिएका माधवले पार्टीलाई एकजुट बनाउन नसक्ने बताए।

‘मलाई प्रचण्डले गद्धार भनेको सुन्नु भएको होला। तर, म कसरी गद्धार भए। जब की तत्कालिन एमालेसँग प्रचण्डले नै एकता गरे। अहिले उहाँले नै पार्टी फुटाउनुभयो,’ उनले भने, ‘सुरूमा ओलीसँग मलाई प्रचण्डले नै भेट गराउनु भएको हो। उहाँसँग भेट्दा ओलीको भनेको मान्नु, पदको सम्मान गर्नु भन्नुभयो।’

‘आफै एकता गर्ने आफै भनेको मान्नु भनेर सिकाउने अनि पार्टी विभाजन पनि आफै गर्ने, अनि मलाई गद्धार भन्ने ल अब तपाईहरू भन्नुस् म गद्धार हुँ की प्रचण्ड ?’ उनले अगाडि प्रश्न गरे। 

उनले जनयुद्धको समयमा प्रचण्डले ज्ञानेन्द्रसँग सहकार्यको लागि प्रस्ताव समेत ल्याएको बताएका छन्। ‘जब ज्ञानेन्द्र सत्तामा पुगे। उनले प्रधानमन्त्रीको लागि विज्ञापन खोले। एमालेबाट माधव र माओबादीबाट प्रचण्डले आवेदन दिए,’ उनले भने, ‘हामीले प्रचण्डलाई जान दिएनौँ। तपाईहरूले माधवलाई जान दिनु भएन।’

उनले प्रचण्ड–माधवलाई राजाको पाउमा दाम राखेर ढोग गरेको देखेको बताए।  ‘दुबै जना ज्ञानेन्द्रको नजिक जाने भएकोले समिकरण मिलेको रहेछ। चिन्तन त त्यहाँ मिल्दो रहेछ,’ उनले भने।

बकुल्लालाई हाँसको जस्तै रंग रोगन गरेर र हाँससँगै छोडेपनि लाष्टमा बकुल्ला एकातिर र हाँस एकातिर जाने गरेको उनको भनाइ छ। उनले भने ‘आज त्यस्तै भयो। बकुल्ला एकातिर गए हाँस अर्कोतिर।’

कमेन्ट लोड गर्नुस