सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको वीणा र दृष्टि विद्युत सहकारीको साधारणसभा सम्पन्न

२०७७ पुष २८, ०८:३३ खबर संवाददाता

धनगढीः कैलालीको वीणा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १५औँ साधारण सभा सम्पन्न भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६, वनबेहडामा रहेको सहकारीको साभारण सभामा  एक करोड ५२ लाख १ हजार ९ सय १२ रुपैयाँ १८ पैसाको आय–व्याय सार्वजनिक गरिएको छ।   लेखा समितिका संयोजक झपट साउँदले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक आय–व्याय सार्वजनिक गरेका हुन्। 

वीणा ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश बहादुर खडकाको सभापतित्वमा भएको कार्यक्रमका गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमला शर्मा प्रमुख थिइन्। 

सोहि वडाको दृष्टि ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको पनि १५ औँ साधारण सभा सम्पन्न भएको छ। संस्थाको साधारण सभामा ३४ लाख २३ हजार ७२ रुपैयाँ आयव्यय सार्वजनिक गरिएको छ। सहकारीका अध्यक्ष नरबहादुर शाहीको सभापतित्वमा कार्यक्रम भएको हो।

कमेन्ट लोड गर्नुस