सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भरुवा बन्दुकसहित ४ जना पक्राउ

२०७७ पुष २८, ०१:४९ खबर संवाददाता

बाजुरा: बाजुरामा भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन्।

जिल्लाको बडिमालिका–३ रजालीका २ र वडा नम्बर ८  रापका २ गरी ४ जना बन्दुकसहित प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पक्राउ पर्नेमा वडा नम्बर ३ रजालीका ४५ वर्षीय नन्द ल्वार, ४० वर्षीय वीरभाने ल्वार, वडा नम्बर ८ रापकका ३० वर्षीय बलबहादुर थापा र अन्दाजी ३२ वर्षीय डम्बर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए। 

पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस