सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा बझाङको पार्टी कार्यालयमा बैठक तथा भेला गर्न नपाइने

२०७७ पुष २७, ०४:०० खबर संवाददाता

बझाङ: पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा आएको विवाद जिल्लास्तरसम्म पुगेको छ।

दुई फ्याक भएको नेकपाका कार्यकर्ताबीच हुनसक्ने झडपका कारण शान्ती सुरक्षामा खलल पुग्ने भन्दै जिल्ला प्रशासन कार्यालय बझाङले पार्टी कार्यालयमा बैठक तथा भेला नगर्न आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार एक सूचना जारी गर्दै जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुल नजिक रहेको नेकपा पार्टी कार्यालयमा दुई वटै समूहलाई कार्यक्रम नगर्न भनेको हो। 

स्थानीय प्रशासन २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम उक्त पार्टी कार्यालयमाभित्र पार्टीका भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। 

कमेन्ट लोड गर्नुस