H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ १०, शनिवार ०७:१७
Jan 23 2021, Saturday
07:17:26 PM

बेलायत बस्दै आएका गायक बद्री मृत भेटिए

रासस
२०७७ पुष २६ ०८:२२
अ+

लण्डन : करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । 

शुक्रबार अपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवम् पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्केका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनका चिरपरिचित गायक थिए । 

उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

विज्ञापन
Skip Ad