सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाक्लो कुहिरो र बर्षातका कारण खोजी कार्यमा समस्या

हराईएका पत्रकार खड्काको खोजी जारी

२०७५ भदौ १८, ०२:२७

बाजुराको प्रसिद्ध धार्मिकस्थल बुढीनन्दाबाट जनै पूर्णिमाको मेला भरेर फर्किने क्रममा सम्पर्क बिहिन भएका पत्रकार तेजबहादुर खड्काको अवस्था अझै अज्ञात छ । उनी धार्मिक स्थल बुढीनन्दाबाट कोल्टी फर्किने क्रममा भदौ १० गतेदेखि बेपत्ता छन् । सरकारले सम्पर्कबिहिन भएका पत्रकार खड्काको खोजीका लागि सेना र प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाए पनि अवस्था अज्ञात नै रहेको प्रमुख जिल्ला अधिकार चेतराज बरालले  बताए । उनी १० गते हराएको खबर पछि ११ गते नै खोजीका लागि स्थानीय र प्रहरी परिचालन भएका थिए । १२ गते नेपाली सेनाको मेजरको नेतृत्वमा सेना समेत परिचालन भएको थियो । खड्का हराएको ९ दिनसम्म पनि अज्ञात नै रहेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख डिएसपी सागर बोहोराले वताए । 

पत्रकार खड्काको खोजीका लागि गएको सेनाको टोली आज बिहान बुढिन्नदा मन्दिर पुगिसकेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बाक्लो कुहिरो र पानी पर्ने भएकाले उनको खोजी कार्यमा समस्या आएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । चिसोका कारण खोजीमा गएका सुरक्षाकर्मी समेत बिरामी भएका छन् । सरकारले सुरक्षा निकायलाई बेपत्ता पत्रकार खड्काको खोजी तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिए पनि मौसम अनुकूल नभएका कारण हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको छैन । धार्मिक स्थल बुढीनन्दा समुद्री सतहबाट झण्डै ४५ सय मिटरको उचाइमा रहेको छ । पत्रकार खड्का ४१ सय मिटरको उचाइ क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रबाट सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । ‘‘तेजु हराएको करिब ४१ सय मिटर उचाइमा हो । 

रेडियो नेपालको दिपायल क्षेत्रीय प्रशारण केन्द्र हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका थिए । अहिले पत्रकार खड्का बाजुराको कोल्टीस्थित रेडियो बुढीनन्दामा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत थिए । बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केका थिए । पत्रकार महासंघले महासचिव रमेश विष्टको संयोजकत्व मिसन टोली गठन गरेको छ । मिसन टोलीमा प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्यत्रय मीन बम, श्याम भट्ट र उत्तर विष्ट तथा महासंघको ७ नम्बर प्रदेशका अध्यक्ष अर्जुन शाह र बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह सदस्य रहेका छन् । त्यस्तै प्रेस यूनियनले पत्रकार खड्काको खोजी तथा उद्धारका लागि अध्यक्ष सिग्देलको संयोजकत्वमा छुट्टै मिसन टोली गठन गरेको छ । पत्रकार खड्काको खोजी तथा उद्धारमा भइरहेको प्रयासमा थप समन्वय र सहयोग पुर्याउन सचिवालयको वैठकले अध्यक्ष सिग्देलको नेतृत्वमा केन्द्रीय सदस्यद्वय जगत साउँद र दयाराम पण्डित, प्रेस यूनियन वाजुरा शाखाका अध्यक्ष छक्क मल्ल र डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर सदस्य रहेको ५ सदस्यीय मिसन टोली गठन गरेको छ । 

त्यस्तै हिमाली गाँउपालिका ६ का ६८ बर्षिय कालीबहादुर बुढा पनि बुढिन्नदा बाट भदौ ४ गते सम्पर्क बिहिन भएका छन् । बुढिन्नदा नगरपालिका ३ बुढिन्नदा लेखबाट घर आउने बेला सम्पर्कबिहिन भएका जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । आफन्तले १६ गते मात्र खबर गरेकाले उनको खोजी लागि प्रहरी पठाईएको प्रहरी प्रमुख सागर बोहोराले वताए ।
 

कमेन्ट लोड गर्नुस