एभरेष्ट बैंकद्धारा ट्याब वितरण
युके एडको सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा एभरेष्ट बैंक लिमिटेडले आफ्ना व्यवसायिक प्रतिनिधिलाई ट्याव वितरण गरेको छ । आज धनगढीमा एक कार्यक्रम गरी वैंकले डोटी कञ्चनपुर कैलाली वाजुरा र वझाङका १३ जना व्यवसायिक प्रतिनिधिलाई ट्याव वितरण गरिएको हो एभरेष्ट बैंक धनगढी शाखाका शाखा प्रबन्धक यज्ञराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुअ अतिथि शाखा रहित बैंकिङ्ग विभागका विभागीय प्रमुख निरन्जन कार्की रहेका थिए । सो कार्यक्रममा वोल्दै कार्कीले वितरण गरिएको ट्याबबाट ग्राहकले नजिकैको व्यावसायिक प्रतिनिधि मार्फत सजिलै खाता खोल्न, रकम जम्मा गर्न तथा सजिलै औठा छाप लाएर पैसा निकाल्ने सकिने बताए ।
एभरेष्ट बैंक धनगढी शाखाका कर्जा प्रमुख हिमाल भट्टराईले स्वागत गरेको कार्यक्रमको सहजिकरण एभरेष्ट बैंक लि. शाख रहित बैंकिङ्ग विभागका मध्यपश्चिम तथा सुदुरपश्चिम प्रमुख ज्योतीप्रसाद रोकाले गरेका थिए । हाल एभरेष्ट बैंक लिमिटेडका ८२ शाखा, ७ एक्टेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर, ११३ ए.टि.एम तथा ४८३ व्यावसायिक प्रतिनिधि मार्फत नेपालमा विश्सनीय तथा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।