सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा लडेर एक जनाको मृत्यु

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ पुष २१, ०४:१७ खबर संवाददाता

बाजुरा: बाजुरामा लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट घर जादै गर्दा वडा नम्बर १ दुर्गालीका अन्दाजी ३० वर्षीय कन्तरो रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनी गोरेटो बाटोबाट चिप्लिएर करिब १ सय मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक बलेन्द्र नाथले बताए। 

मृतक रोकायाको शव परीक्षणपश्चात आफन्त्लाई बुझाइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस