सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा दलितमाथि विभेद कायमै

२०७७ पुष २०, ०३:५८ रासस

डडेल्धुरा: डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ बनाइएको शिक्षक भक्तबहादुर विकले बताए। 

वडा नं ७ र ८ स्थित शैलेश्वर महादेव मन्दिर नजिकै रहेको सल्लगडा मसानघाटमा पनि पहिल्यैदेखि फरकफरक ठाउँमा बनाइएको घाट अहिले पनि कायमै रहेको स्थानीयवासी इन्दिरा ताम्राकारले बताइन।

बाहुन, क्षेत्रीलगायत जातका मानिसका लागि फरक ठाउँमा छ भने  दमाई, कामी र सार्की समुदायमा पर्ने दलितका लागि दाहासंस्कार गर्न फरकफरक मसानघाट बनाइको उनले बताए। 

जिल्लामा दलित समुदायको क्षेत्रमा राज्य र गैरराज्य पक्षबाट वर्षेनी करौडांै रकम विभिन्न सङ्घसंस्थामार्फत लगानी गरिए पनि खासै परिवर्तन हुन नसकेको उनको भनाइ छ। 

जातका आधारमा मृत्युपछि पनि गरिँदै आएको सामाजिक विभेद अन्त्य नहुनु दुखद भएको दलित अगुवा लक्ष्मी कामीले बताइन। 

कमेन्ट लोड गर्नुस