सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवका कार्यकर्ता नेकपामा प्रवेश

२०७५ भदौ १६, ०२:४३

नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी केही नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन ।   पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विप्लव कार्यकर्तालाई नेकपा प्रवेश गराएका हुन । उनीहरुले चन्द नेतृत्वको समूहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेकाले नेकपा प्रवेश गरेको बताएका छन । नेकपा प्रवेश गर्नेमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौंका माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन ।

कमेन्ट लोड गर्नुस