चिकित्सकलाई कोराना देखिएपछि महाकाली अस्पतालको शल्यक्रिया सेवा बन्द

२०७७ पुष १८, ०४:५६
कञ्चनपुर: चिकित्सकलाई कोराना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरको महाकाली अस्पतालले शल्यक्रिया सेवा बन्द गरेको छ।
शल्यक्रियामा रहेका चिकित्सकहरु मध्ये ६ जनालाई कोराना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

पुस १९ गतेदेखि अर्काे सूचना जारी नहुँदासम्म शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपेरन्टेन्डेण्ट डा. हरिकुमार श्रेष्ठले बताए।


कमेन्ट लोड गर्नुस