कञ्चनपुरको दोदा नदीमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन
धनगढी : कञ्चनपुरको दोदा नदीमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
शुक्रबार लालझाडी गाँउपालिका -१ बिनवारी र पुनर्वास नगरपालिका -२ अमरैया जोड्ने दोदा नदिमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गरिएको हो।
झोलुङ्गे पुलको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले गरेका हुन्।
पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको उद्घाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।
करीब १ करोड ९९ लाख लागतमा दुई सय मिटरभन्दा बढी लम्बाईको झोलुङ्गे पुल निर्माण भएको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत झोलुङ्गे पुल निर्माण गरिएको हो ।