सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप एक महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ पुष १७, ०५:०४ खबर संवाददाता

कारोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई १० पुसमा अस्पताल भर्ना गरिएको थियो ।

कमेन्ट लोड गर्नुस