सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुमत अल्पमतको टुंगोबारे के भन्छन त प्रधानमन्त्री ओली ?

फाइल फोटो
फाइल फोटो
२०७७ पुष १७, ०२:३२ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् ।

शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले भने, ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ । बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । चुनावपछि बहुमत को हो, अल्पमत को हो ? प्रमुख पार्टी को हो ? तपाई हामीले देख्ने छौं ।’

संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेको छ ।

तर ओली समूहका अध्यक्ष ओलीले भने बहुमत अल्पमतको टुंगो अहिले नहुने बताएका हुन् ।

प्रचण्ड–माधव समूहसँग बहुमत भएको भए उनीहरु संसदीय अभ्यासअनुसार वा पार्टी बैठकमा आउने उनको दाबी छ ।

पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको उनले बताए । पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको उनको भनाइ छ । 

उनले देश, पार्टी र जनताको कुरामा नभएको बताउँदै उनले भने, ‘पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्नेतिर उहाँहरु लाग्नुभएको छ । कार्यकर्तालाई भिडन्त गराइरहनु भएको छ ।’

कमेन्ट लोड गर्नुस