सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १६ बर्षीय किशोर सरस्वतीको मन्दिर निर्माण गर्दै

२०७७ पुष १७, ०९:२४ खबर संवाददाता

धनगढीः बैतडीमा १६ बर्षीय किशोरले सरस्वतीको मन्दिर निर्माणको काम थालेका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–४ को उदयदेब माध्यमिक विद्यालय पालीगाडामा स्थानीय १६ वर्षीय किशोर बिशाल भट्टले सरस्वती माताको मन्दिर निर्माण गरिरहेका हुन्। 

सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका भट्टले खाजा वापतको रकम बचाएर मन्दिर निर्माण गर्न लागेको बताएका छन्।

अहिले धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत भट्टले मन्दिर निर्माणमा घरपरिवारको समेत सहयोग पाएको बताए।

सरस्वती पूजाका बेला विद्यालयमै मन्दिर नहुँदा समस्या हुने गरेको कुरालाई ध्यानमा राखेर निर्माण थालिएको उनी बताउँछन्। 

सो विद्यालय २०४१ सालमा स्थापना भएको थियो। सुर्नया बाल सञ्जालको उपाध्यक्ष समेत रहेका भट्टले कक्षा १० सम्मको अध्ययन सोही विद्यालयमा गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस