सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहीबार सुदूरपश्चिममा ४५५ नमूना परीक्षण गर्दा ७६ जनामा कोरोना पुष्टि

२०७७ पुष १६, ०७:२८ खबर संवाददाता

धनगढीः  बिहीबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४ सय ५५ जनाको नमूना परीक्षण गर्दा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनाको नमुना परिक्षण गर्दा थप ७६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ५० जनाको नमूना परीक्षण गर्दा ४८ जना, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ३६ जनाको नमुना परिक्षण गर्दा ५ जना, डडेल्धुरा अस्पतालमा ६६ जनाको परीक्षण ७ जना, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १७ जनाको नमुना परिक्षण गर्दा ३ जना, जिल्ला अस्पताल बैतडीमा ४९ जनाको नमुना परिक्षण गर्दा ६ जना र कमलबजार नगरपालिकाको प्रयोगशालामा ३७ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।  

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २८ जनामा संक्रमण पुष्टि भएको छ। अस्पातलका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १६ जना, गोदावरी नगरपालिकाका १० जना र गौरीगंगा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको बताए। 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३÷३ जना, बेल्डाँडी गाउँपालिकाका १ जना, बाजुराको बडिमालिका नगरपालिकाका ८ जना र डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय १९ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार ९ सय ८० जनाले कोरोना जितेका छन् भने ७१ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस