जन्मदिनको अवसरमा धनगढी उपमहानगरपालिका ३ का अध्यक्षद्वारा सहयोग

धनगढी: आफ्नो जन्मदिनको अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले विपन्न महिलालाई सहयोग गरेका छन्।
रोजगारीमा रहेका श्रीमानको मृत्युपश्चात बिचल्लीमा परेकी सोही वडाकी शुशीला सार्कीलाई वडाअध्यक्ष ऐरले सहयोग गरेका हुन। उनले खाद्यान्न, लुगाकपडा लगायतका समान सहयोग गरेको बताए।
साथै उनले ती महिलाको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
यस्तै जन्मदिनकै अवसरमा वडाअध्यक्ष ऐरले गौशालामा दाना र दृष्टी फाउण्डेशनमार्फत धनगढी उपमहानगरपालिका १३ की एक विपन्न महिलालाई लुगाकपडाका लागि सहयोग गरेका छन्।



