सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ५३४ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

२०७७ पुष १६, ०६:०१ खबर संवाददाता

धनगढी: नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ। 

बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ जना क्वारेन्टाइनमा छन्। 

बिहीबार मात्र ४ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ।    
 

कमेन्ट लोड गर्नुस