सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २८ सहित सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि

२०७७ पुष १६, ०३:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ४ सय ४६ नमूना परीक्षण गर्दा कैलालीका २८ सहित सुदूरपश्चिमका थप ४८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १६ जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका १० जना र गौरीगंगा नगरपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ। 

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, यस्तै बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३/३ जना, बेल्डाँडी गाउँपालिकाका १ जना, बाजुराको बडिमालिका नगरपालिकाका ८ जना र डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस