सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध डडेल्धुरामा पनि प्रदर्शन

२०७७ पुष १४, ०६:०२ खबर संवाददाता

डडेल्धुरा: प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले प्रदर्शन गरेको छ।

नेकपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा जिल्ला सदरमुकाम डडेल्धुरामा शक्ति प्रदर्शन गरेको हो। तुफानडाँडाबाट सुरु भएको जुलुस बसपार्क बागबजार हुँदै भीमदत्त चोकमा पुगि कोण सभामा परिणत भएको थियो।

कोण सभालाई नेकपा केन्द्रीय सदस्य तथा डडेल्धुरा इञ्चार्ज निरा जैरु, प्रदेश कमिटी सदस्य डा.तारा जोशी, जिल्ला अध्यक्ष मानसिंह माल, उमेशप्रसाद भट्ट (विकास), परशुराम नगर कमिटि अध्यक्ष शेरसिंह माललगायतका नेताहरुले सम्बोधन गरेका थिए।

कमेन्ट लोड गर्नुस