सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा सिंह

२०७७ पुष १३, ०४:१९ खबर संवाददाता

धनगढीः खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीका पूर्व संविधान सभा सदस्य हर्कबहादुर सिंहलाई मनोनित गरिएको छ। 

सोमबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले सिंहलाई अध्यक्षमा चयन मनोनित गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले बताए। 

समितिको सदस्यहरुमा अछामका लक्ष्मण खड्का, बाजुराका गणेश बहादुर शाही, बझाङका मिश्र रोकाया र डोटीका हरि पाल थापालाई मनोनित गरिएको हो। महिला सदस्यमा डोटीकी मनिषा धानुकलाई मनोनित गरिएको छ।

भने समितिको कार्यकारी अधिकृतमा बाजुराका भीम खड्कालाई मनोनित गरिएको मन्त्री शाहले बताए।

कमेन्ट लोड गर्नुस