सुदूरपश्चिमका सभामुख थापालाई कोरोना सङक्रमण
२०७७ पुष ५, ०९:१२
सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए ।
सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा छन ।
कमेन्ट लोड गर्नुस