कैलालीमा खैरो हिरोइनसहित २ जना पक्राउ
धनगढी: कैलाली प्रहरीले लागुऔषध खैरो हिरोइनसहित २ जनालाइ पक्राउ गरेको छ।
जिल्लाको टीकापुर नगरपालिका–७ स्थित सोनाहा फाँटा क्षेत्रबाट गौरीगंगा नगरपालिका–९ भैसासुरका २२ वर्षीय विवस बमलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको हो।
उनको साथबाट ६ ग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
त्यसैगरी जिल्लाको टीकापुर नगरपालिका– ८ खक्रौलामा लागुऔषध खैरो हिरोइनसहित भारतको उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी सुरतनगर ग्राम पञ्चायत ईन्द्रनगरका ३३ वर्षीय जसपाल सिंहलाई पक्राउ गरिएको हो।
प्रहरी नायव उपरीक्षक विष्टका अनुसार उनका साथबाट २० ग्राम लागु औषध खैरो हिरोइन र १ थान लागु औषध नापतौल गर्ने डिजिटल तराजु बरामद गरिएको छ।
पक्राउ परेका दुवैमाथि लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।