नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।
यसैगरी रौनक मल्ल जनरल म्यानेजर भएका छन् भने रमेशकुमार न्युपाने चिफ फाइनान्स अफिसर र विनोद दासलाई क्रिकेट म्यानेजरमा नियुक्त गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
सबैको कार्यकाल १ जनवरी २०२१ देखि लागू हुने छ।