सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक प्रहरीलाई ‘गोप्रो’ क्यामेरा र ‘डमी’ हस्तान्तरण

२०७७ पुष १, ०४:५४ खबर संवाददाता

धनगढी :कैलालीको गोदावरी नगरपालिकाले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई ‘गोप्रो’ क्यामेरा र ‘डमी ट्राफिक प्रहरी’ हस्तान्तरण गरेको छ। 

बुधबार नगरप्रमुख हरिसहं साउँदले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतमलाई ५ वटा ‘गोप्रो’ क्यामेरा र ५ वटा ‘डमी ट्राफिक प्रहरी’ हस्तान्तरण गरेका हुन।

नगरपालिकाद्वारा प्राप्त सामग्रीले दुर्घटना न्यूनिकरणका लागि सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालयका प्रमुख गौतमले बताए।  

कमेन्ट लोड गर्नुस