धनगढीमा बसको ठक्करबाट बिजुलीको पाेल ढल्यो, विद्युत सेवा अवरुद्ध
धनगढी: धनगढीमा बसको ठक्करबाट बिजुलीको पोल ढलेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा बसको ठक्करबाट बिजुलीको पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।
उत्तरवेहडीको नवजीवन नर्सिङ क्याम्पस नजिक रहेको पोललाई ठक्कर दिने बस भने फरार भएको स्थानीयले बताएका छन्। पोल ढल्दा पुरै टोलको विद्युत सेवा अवरुद्ध बनेको छ।
पोल ढल्दा सडकमा आवतजावत गर्नेहरुलाई समेत समस्या भइरहेको छ।