टीकापुरमा शव वाहनका लागि रकम सङ्कलन
कैलाली, टीकापुर: टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण गर्ने गरी जनस्तरबाट सुरु गरिएको आर्थिक सङ्कलन अभियानले रकम सङ्कलनको काम सम्पन्न गरेको छ।
टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनको संयोजनमा थालिएको अभियानमा संसारभरिबाट प्राप्त आर्थिक सहयोग १० दिनमै सङ्कलन गर्न सफल भएको हो।
शव वाहन खरिदका लागि करिब साढे २६ लाख सङ्कलन भएको छ। टीकापुर सरोकार समूहसँगको सहकार्यमा ह्युमानिटी फाउण्डेसन नेपालले २ लाख जम्मा गरेर शव बाहन खरिदका लागि थालिएको अभियानले चाहिने आवश्यक रकम सङ्कलन गरिसकेपछि अभियान रोकिएको ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य हिक्मत थापाले बताए।