सुदूर नेपाल सहकारी संस्थाका साधारण सभा सम्पन्न
सुदूर नेपाल सहकारी संस्थाको ७ औँ साधारण सभा सम्पन्न भएको छ। शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरेको साधारण सभा सम्पन्न भएको हो। कैलाश दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले गरेका थिए।
यस्तै सोही कार्यक्रमा ७ सदस्यीय सञ्चालक समिति समेत गठन गरिएको छ। जसको अध्यक्षमा कैलाश दाहाल चयन भएका छन् भने उपाध्यक्षमा घनश्याम चौधरी चयन भएका छन्।
यस्तै सदस्यहरुमा टिएन ढकाल, राजेश कुमार भाट, तोयराज भट्ट, बिमला श्रेष्ठ र हंसा पन्त चयन भएका छन्।
यस्तै लेखा समितिको संयोजकमा खेमराज भट्ट चयन भएका छन् भने भरत खड्का र डिल्लीराज शर्मा सदस्यमा चयन भएका छन्। सुदूर नेपाल सहकारी संस्थाका ४०५ शेयर सदस्य रहेको अध्यक्ष कैलाश दाहालले बताए।