फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित
धनगढी: नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन्। शनिबार गोदावरीमा बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो।
सदस्यमा मनोनित भट्ट रेडियो धनगढीका वरिष्ठ संवाददाता तथा सोधपत्र डटकमका अध्यक्ष हुन भने श्रेष्ठ अर्थसरोकारको सुदूरपश्चिम संयोजक तथा रेडियो धनगढीका वरिष्ठ संवाददातामा कार्यररत रहेका छन्।
यस्तै आजै बसेको महासंघको बैठकले कोषाध्यक्षमा केशव सिहं धामी र सह–कोषाध्यक्षमा पवित्रा ढकाललाई नियुक्त गरेको छ। यसैगरी महासंघले सदस्यहरुलाई तालिम दिने समेत निर्णय गरेको जनाएको छ।