मानव सेवा आश्रमलाई सहयोग
धनगढी: विभिन्न व्यक्तिहरुले धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले आफ्नो ३०औं वैवाहिक वर्षगाँठको अवसरमा सहयोग गरेका छन्।
शनिबार डा. अवस्थी र उनकी पत्नी विमलाले आश्रममै पुगेर बिहानको खाना र नगद ३० हजार सहयोग गरेको आश्रमले जनाएको छ।
यस्तै आफ्नी स्वर्गिय आमाको सम्झनामा धनगढी उपमहानगरपालिका–३ बोराडाँडा बस्ने सुदेश सागर जोशी र उनकी पत्नी विन्दु श्रेष्ठ जोशीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।
उनीहरुले बिहानको खानाका लागि नगद ५ हजार सहयोग गरेका थिए।