सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वन मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

२०७७ मंसिर २७, ११:४२ खबर संवाददाता

धनगढीः कैलालीमा  वन मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन्। 

२०७१ सालदेखि फरार रहेका वन मुद्दाका फरार प्रतिवादी जिल्लाको भजनी नगरपालिका–९ भरुवाका ४७ वर्षीय छेदु राजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०७१ बैशाख १७ गते जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ महिना कैद र २ लाख १ हजार ९ सय ६० रुपैयाँ जरिवाना तोकिएका राजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। 

उनलाई घरबाटै पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस