६० घण्टापछि भेटिए धनगढीका बेपत्ता बालक
धनगढीः धनगढीबाट बेपत्ता भएका ५ वर्षीय बालक शकुसल रहेको पुष्टि भएको छ।
सोमबारदेखि हराइरहेका धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँका ५ वर्षीय बालक आयुष राना झण्डै ६० घण्टापछि शकुसल रहेको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बालकलाई उनकी आमाले आफूसँगै लगेको खुलेको बताए।
राधा रानाका छोरा आयुष बुवाको मृत्युपछि घरमा बजैसँग बस्दै आएपनि सोमबारदेखि उनी हराएका थिए।
राधा अर्कैसँग विवाह गरेर गएदेखि नै बालक बजैसँग बस्दै आएका थिए। तर सोमबार आमाले आएर बालकलाई आफूसँगै लगेर गएको पाइएको प्रहरीले जनाएको छ।