सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्जिनियर्स एसोसिएसनद्वारा डडेल्धुरा अस्पताललाई फुट अपरेटेड ह्यान्ड वास सिस्टम हस्तान्तरण

२०७७ मंसिर २१, ०१:३९ खबर संवाददाता

धनगढी: नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन(एनइए) सुदूरपश्चिम समितिले डडेल्धुरा अस्पताल डडेल्धुरालाई फुट अपरेटेड ह्यान्ड वास सिस्टम सहयोग गरेको छ।

आइतबार एनइए सुदूरपश्चिम प्रदेशका कार्यकारिणी सभापति लवप्रसाद जोशीले खुट्टाले चलाउन सकिने उक्त हात धुने प्रणाली हस्तान्तरण गरेका हुन। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझालाई उक्त फुट अपरेटेड ह्यान्ड वास सिस्टम हस्तान्तरण गर्दै जोशीले सुदूरपश्चिम प्रदेशका सबै जिल्ला अस्पतालाई सहयोग गर्ने योजना अनुरुप डडेल्धुरा अस्पतालमा पनि सहयोग गरिएको बताए। 

कोभिड–१९ को जोखिम न्यूनिकरण तथा विभिन्न विपद्का बेला राहत व्यवस्थापनका लागि इन्जिनियर्स एसोसिएसन सदैव तयार रहेको उनको भनाई थियो। 

हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ओझाले इन्जिनियर्स एसोसिएसनले गरेको सहयोग प्रति आभार व्यक्त गरेका थिए।  साथै उनले यस्ता प्रकोपसँग लड्न सबै क्षेत्रबाट सहयोग र सहकार्यको अपेक्षा राखेको बताएका थिए। 

कार्यक्रममा जिल्ला अस्पताल डडेल्धुराका मेसु र डडेल्धुरास्थित कार्यरत इन्जिनियरहरुको उपस्थिती रहेको थियो।

कमेन्ट लोड गर्नुस