सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको गुलरियामा १५ शैयाको अस्पताल सञ्चालन

२०७७ मंसिर २१, १०:५५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको गुलरियामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियामा १ करोडको लागतमा विशेषज्ञ सेवासहितको निमेष अस्पताल प्रालि सञ्चालनमा आएको हो । 

अस्पतालका प्रवन्ध निर्देशक गीता चौधरीका अनुसार २४ सै घण्टा इमर्जेन्सी सेवा, ओपीडी सेवा, इसीजी सेवा, विशेषज्ञ सेवा, प्रयोगशाला, र‌गिन भिडियो एक्सरेलगायतका सेवा अस्पतालले प्रदान गर्ने भएको छ । 
स्थानीय स्तरमै अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिकलाई ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

समान्य विरामी हुँदापनि महेन्द्रनगर, अत्तरिया र धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उदेश्य सहित अस्पताल सञ्चालन गरिएका चौधरीले बताइन । 

उनले श्रीमान् पनि यसै पेशामा आवद्ध भएकाले दुवै जनाका कारण सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न संभव भएको बताए ।
 

कमेन्ट लोड गर्नुस