सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको घराना चुलोमा थकाली परिकार

२०७७ मंसिर २०, ०६:०२ खबर संवाददाता

धनगढीः धनगढीमा घराना चुलो नामक रेस्टुरेन्ट सञ्चालनमा आएको छ।

धनगढी रंगशाला कम्प्लेक्समा झण्डै १ करोडको लागतमा सञ्चालनमा ल्याइएको चुलोको शनिबार सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावारण मन्त्री माया भट्टले शनिबार औपचारिक उद्घाटन गरेकी छिन्। 

चितवनमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका एलिस चन्दसहित धनगढीका युवा व्यवसायी योगेन्द्र चन्द र राकेश चन्दको लगानीमा सञ्चालनमा आएको चुलोमा थकालीसँगै सुदूरपश्चिमका मौलिक परिकार पाइने बताइएको छ। 

घराना चुलामा अन्य रेस्टुरेन्टको भन्दा फरक स्वादका खाना खान पाइने सञ्चालक चन्दले दाबी गरे।  


 

कमेन्ट लोड गर्नुस