सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १०२४ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु

२०७७ मंसिर २०, ०४:४८ खबर संवाददाता

धनगढी: नेपालमा थप १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ।  नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्। 

कमेन्ट लोड गर्नुस