सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गुड्दै गरेको ट्रक पछाडि कार पसेपछि ...

२०७७ मंसिर १९, ०६:१२ खबर संवाददाता

धनगढीमाः कैलालीमा तीव्र गतिमा गुडिरहेको एक कार अगाडि गुडिरहेको ट्रक मुनि पसेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पूर्व–पश्च्मि राजमार्गमा शुक्रबार साँझ गुडिरहेको ट्रकको पछाडिको भागमा ठोकिदा दुर्घटना भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयल अत्तरियाका अनुसार सु.प.प्र ०१ ००१ क १७६७ नम्बरको ट्रकमा बा १२ च ८१३० नम्बरको कार ठोकिएको हो । कारको अगाडिको भागमा क्षति भएको छ ।

तर मानवीय क्षति भने नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।


 

कमेन्ट लोड गर्नुस