सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालिका हत्या अभियुक्त फरार प्रकरण: जिप्रका डोटीका हवलदारसहित ३ प्रहरी निलम्बित

२०७७ मंसिर १९, ०३:२३ खबर संवाददाता

धनगढीः डोटीमा बालिकाको बलात्कारपछि हत्याका अभियुक्त भागेको प्रकरणमा हवलदारसहितका ३ जना प्रहरी निलम्बनमा परेका छन्। 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार धनसिह सामन्त, प्रहरी जवानद्वय राजुकुमार बिक र नरेश धामीलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जिल्ला अस्पतालमा खटाइएका ३ जना प्रहरीलाई निलम्बन गरी छानबिन थालिएको दिनेशखबरलाई बताए। 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र मल्लको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ। 

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्याका अभियुक्त राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेका थिए। 

अदालतले पुर्पक्षका लागि कारगार चलान गरेका बोहोरालाई बाल सुधार गृह डोटीमा राखिएको थियो। 

उनलाई कोरोना पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। सोही क्रममा गएराति बोहोरा अस्पतालबाट भागेका थिए। 

बोहोरालाई प्रहरीले शुक्रबार बिहान पूर्वीचौकी गाउँपालिका क्षेत्रबाट पक्राउ गरेको थियो। 

सम्बन्धित समाचार 

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने किशोर फरार

डोटीमा भागेका बालिका हत्याका अभियुक्त पक्राउ
 
 

कमेन्ट लोड गर्नुस