सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने किशोर फरार

२०७७ मंसिर १९, ०६:५८ खबर संवाददाता

धनगढीः बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर भागेका छन। 

मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीले जनाएको छ। 

बाल सुधार गृहमा राखिएका बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले दिनेशखबरलाई जानकारी दिए। 

उनका अनुसार कोरोना पोजेटिभ देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका बोहोरा भागेपछि प्रहरीले खोजी तीव्र पारेको छ। 

बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो। 

सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन्। 
 
 

कमेन्ट लोड गर्नुस