सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नूनको गुणस्तर अनुगमन

२०७७ मंसिर १८, ०६:३१ रासस

कैलाली : सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आयोडिनयुक्त नून आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड धनागढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने नूनको गुणस्तरको अनुगमन गरेको छ। 

आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नूनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरेको हो।

कर्पोरेशनको प्रशोधन केन्द्र, गोदाम, धनगढी बजारमा नूनको १० वटा नमूना सङ्कलन गरी नूनमा सोडियम क्लोराइडको मात्रा र आयोडिनको मात्राको प्रयोगशाला परीक्षण गरी अनुगमन प्रतिवेदन र प्रयोगशाला प्रतिवेदन विभागमा पेश गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस