सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अवतरण भएको विमानको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिए

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर १८, ०२:१९ खबर संवाददाता

धनगढी : काठमाडौँबाट धनगढी अवतरण भएको श्री एयरलाइन्सको विमानको ढोका नखुल्दा ७० जना यात्रु भित्रै थुनिएका छन्। 

बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण भएको जहाजको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए।

उनीहरुलाई सर्भिस ढोकामार्फत १० मिनेटपछि निकालिएको थियो। 

प्राविधिक कारण त्यस्तो भएको र पछि ढोका मर्मत गरिएको विमानस्थल प्रमुख बुढथापाले बताए। ‘कहिलेकाँही त्यस्तो प्राविधिक समस्या आउने गर्दछ। मर्मत गरिएपछि ढोका सुचारु भएको छ’ उनले भने। 


 

कमेन्ट लोड गर्नुस