सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाटोमै हुन्छ हिमाली बालबालिकाको मृत्यु

२०७७ मंसिर १७, ०४:०० प्रकाश सिंह

बाजुरा: बाजुराको हिमाली गाउँपालिका–३ बौडी बस्ने जौमा थापा चिसो छल्न परिवारसहित कार्तिकको अन्तिम साता अछामतिर बसाइ सरिन्। 

बाटोमा हिड्दै गर्दा उनकी ५ महिनाकी छोरी बिरामी परिन्। बिरामी भएको एक दुई÷दिनमा छोरीको मृत्यु भयो। ३ सन्तान जन्माएकी उनले पहिलो सन्तान पनि वर्षातमा चिनतिर जाँदा गुमाएकी थिइन। 

बुढीनन्दा नगरपालिका–८ बस्ने डोमा गुरुङ ३८ वर्षकी भइन्। उनी हिउँदमा औल(तातो स्थान) र वर्षातमा भोट जाने गर्छिन्। उनले बाटोमै ११ बच्चा पाइसकेकी छिन्। ११ मध्ये अहिले ३ बालबालिका मात्रै जिवित छन्। गुरुङका ८ सन्तानको बाटोमै मृत्यु भएको हो। 

बसाई सर्दा चिसो हुने र सुत्केरी हुँदा विभिन्न समस्या हुने भएकाले बच्चालाई बचाउन नसकेको डोमा बताउँछिन्। ‘बच्चा बढीमा ६ महिनासम्म बाच्छन्’ उनले भनीन्। 

अहिले उनीसँग दुई वर्षको बच्चा छ। त्यो पनि अछामबाट बाजुरा घर जाने बेला बाटोमै जन्माएको उनले बताइन्। ‘गर्भवती भएको समयमा स्वास्थ्य चौकी देख्दैनौ, अर्कोतिर कुनै खोप पनि पाउँदैनौ।’

यस्तै बुढीनन्दा नगरपालिका ७ बस्ने ५३ वर्षीया बिस्ना गुरुङले १५ बच्चा जन्माइन। सबै बाटोमा जन्माएको र तीमध्ये ७ वटाको बाटोमै मृत्यु भएको उनले बताइन्। त्यस्तै सोही गाँउमा बस्ने तनी थापाले पनि ७ सन्तान बाटोमै जन्माइन्।

हिड्दा हिड्दै बाटोमै दुःख पाएर सुत्केरी भएको उनले बताइन। बाटोमै जन्मिएका ७ सन्तान मध्ये ५ सन्तानको मृत्यु भयो। ‘बाटोमा न त राम्रोसँग खान पाए, नत आराम नै। आफुपनि कमजोर भए र बच्चालाई समेत जोगाउन पाएन।’ उनले भनीन। 

हिमाली जनजातिका परिवार चिसो छल्न बेशी झर्ने बेला धेरै शिशुको बाटोमै मृत्यु हुने गरेको छ। बाटौमै धरै बच्चा जन्माउने भएकाले भोटे जातिका महिलाको स्वास्थ्य अवस्था निकै कमजोर हुने गरेको छ।

चिसो छल्न तथा गरिबीका कारण भेडाच्याङ्गा र परिवारसहित हिउँदका ६ महिना बेशी झर्ने भएकाले अधिकांश महिलाले बाटोमै बच्चा जन्माउने गरेको भोटे जनजाति महासंघका नृप थापा(भोटे) ले बताए।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडि जिल्ला बाजुरा, बझाङ, मुगु, हुम्ला र जुम्लावासी मौसमी बसाईसराई गर्ने गर्दछन्। 

बाजुराका उत्तरी क्षेत्रका ४ स्थानीय तहमा भोटे जनजाति बसोबास गर्ने गर्दछन्। यी स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा सेवा लिने गर्भवतीहरुको संख्या न्यून छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस