सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गृह जिल्लामा घन्कियो ‘राजा आउ देश बचाउ’ को नारा

२०७७ मंसिर १७, ०२:०७ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा राजसंस्था पुनस्र्थापनाको माग राख्दै प्रदर्शन भएको छ। 

बुधबार राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाजले ‘राजा आउ देश बचाउ’ भन्दै मोटरसाईकल र्‍यालीसहित प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, हिन्दुराष्ट्र नेपाल जिन्दावाद, ‘गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दावाद’, ‘गाउँगाउँ हल्ला छ राजा ल्याउने सल्लाह छ’ लगायतका नारा लगाएका थिए। 

प्रदर्शनकारीहरुले जिल्ला सदरमुकामको बसपार्कबाट पोखरा बजारसम्म मोटरसाईकल र्‍यालीको आयोजना गरेका थिए। 

सरकारले यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ ।
 

कमेन्ट लोड गर्नुस