सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीमा कोरोना देखिएपछि अजयमेरु गाउँपालिकाद्वारा १ हप्ता सेवा बन्द

२०७७ मंसिर १७, ०९:१६ खबर संवाददाता

धनगढी :  कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि डडेल्धुराको अजयमेरु गाउँपालिका १ हप्ताका लागि सेवा बन्द गरिएको छ।

गाउँपालिकाले सूचना जारी गर्दै १ हप्ताका लागि सेवा स्थगित गरिएको जनाएको छ। जारी सूचनामा १४ गते गरिएको परिक्षणमा केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि १ हप्ता सम्म कार्यालयबाट सम्पादन गर्ने सबै कामकाज स्थगित गरिएको उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस