सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १३०४ जनामा कोरोना संक्रमण, २१ संक्रमितको मृत्यु

२०७७ मंसिर १६, ०४:३९ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।

आज देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म १ हजार ५ सय २९ जना संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस